Notice > सूचना

 

सूचना

साल्ट ट्रेडिङ्ग कर्पेरेशन लि. ले कोभिड19 को विश्वव्यापी महामारी का बावजुद पनि आफ्नो जिम्मा अनुरुपको परिमाणमा रासायनिक मल निरन्तर तथा यथासमय आयात गरी बिक्री बितरण गरिरहेको छ । हाल हिउँदे बालिका लागि कर्पोरेशनसँग यथेष्ट मात्रामा अनुदानको रासायनिक मल मौज्दात रहेको छ । उक्त मल ̏अनुदानको मल बितरण निर्देशिका¸ 2077̋ अनुरुप नियूक्त बिक्रेताहरु मार्फत बिक्री बितरण भैरहेको हुदाँ सोही अनुरुप सम्बन्धीत बिक्रेता मार्फत सेवा लिन आम किसानहरुमा अनुरोध छ । सविस्तार जानकारीका लागि कर्पोरेशनको Website: www.stcnepal.com  हेर्नु वा नजिक रहेको कर्पोरेशनको कार्यालयमा सम्पर्क गर्नुहुन अनुरेध गर्दछौ ।

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड

केन्द्रियकार्यालय¸ कालिमाटी¸ काठमाण्डौ¸ नेपाल

फोन नँ 4271208¸4271017