Notice > जस्ता पाता विक्री सम्बन्धि सिलबन्दी बोलपत्र आव्हान सूचना

 

जस्ता पाता विक्री सम्बन्धि सिलबन्दी बोलपत्र आव्हान सूचना

प्रकाशित मिति 2076।09।11

बोलपत्र सूचना नं. STC/CGISHEET/2076/077/0005

 

यस कर्पोरेशनले नेपाल सरकार (मन्त्रीपरिषद) को निर्णय अनूसार भूकम्प बाट क्षतिग्रस्त विद्यालय, स्वास्थ्य चौकी अन्य सार्वजनिक भवनहरुका लागि जस्ता पाता आयात गरि पर्याप्त मात्रामा मौज्दात राख्नको लागि निर्देशन प्राप्त भए वमोजिम जिन्दल (ईन्डिया) लिमिटेड, वेष्ट वंगाल भारत बाट आयात भएको विभिन्न साईजको जस्तापाता कर्पोरेशनको विरगंज कार्यालय, विरगंज र सतुगंल कार्यालय, काठमाण्डौं मा भण्डारण गरी राखेको करिव 50,000 (+/10%) जे जस्तो अवस्थामा % सोही अवस्थामा खरिद गर्ने ईच्छुक फर्म वा कम्पनीहरुले देहाय बमोजिमको शर्तहरुको अधिनमा रहि रितपूर्वकको वोलपत्र फाराम भरि यस कर्पोरेशनको केन्द्रिय कार्यालय कालिमाटी, काठमाण्डौं वा वीरगंज कार्यालय मा सिलवन्दी बोलपत्र पेश गर्न हुन पुनः यो सूचना प्रकाशित गरिएको छ ।

शर्तहरुः

1.यो सूचना प्रकाशन भएको मितिले30 औ दिन 2076।10।11 गते दिनको 12.00 बजे भित्र कर्पोरेशनको केन्द्रिय कार्यालय कालिमाटी, काठमाण्डौं तथा विरगंज कार्यालय, वीरगंजबाट बोलपत्र खरिद गर्न ईच्छुक फर्मर कम्पनीहरुले निबेदनको साथमा नविकरण सहितको फर्म दर्ता प्रमाणको फोटोकपी, मु.अं करको फोटोकपी र वोलपत्र फाराम वापत रु10000।00(अक्षरुपी दश हजार) (फिर्ता नहुने गरि) पेश गरि वोलपत्र फाराम खरिद गर्न सकिनेछ ।

2.बोलपत्र खरिद गर्ने फर्म । कम्पनीहरुले मितिले 2076।10।12 दिनको 1.00 बजे भित्र सिलवन्दी बोलपत्र बुझाउनु पर्नेछ र सोही दिन दिनको 3.00 बजे वोलपत्रदाताहरु वा निजको आधिकारिक प्रतिनिधी तथा कर्पोरेशनको सम्बन्धित विभागका प्रतिनिधीहरुको रोहवरमा खोलिनेछ । वोलपत्रदाताहरु वा निजको आधिकारीक प्रतिनिधीहरु उपस्थित नभएमा पनि बोलपत्र खोल्ने कार्य रोकिने छैन । उक्त दिनमा विदा परेमा सो को भोलिपल्ट उक्त वोलपत्र खोल्ने कार्य हुनेछ ।

3.फर्म वा कम्पनीको हकमा वोलपत्रसाथ फर्म वा कम्पनीको दर्ता प्रमाणापत्र नविकरण सहितको फोटोकपी, , मु.अं करको फोटोकपी, आ.व. 2075।076 को करचुक्ता प्रमाणपत्र फोटोकपी, कालो सूचिमा नपरेको स्वघोषित पत्र अनिवार्य वुझाउनुपर्नेछ। उल्लेखित कागजातहरु नबुझाएको खण्डमा पेश भएको वोलपत्र स्वत रद्ध हुने छ ।

4.वोलपत्रदाताले बोलपत्रसाथ कवोल गरेको अंकको (मूल्यको) न्यूनतम 2.5 प्रतिशतले हुने धरौटी रकम कर्पोरेशनले सनराईज बैक लिमिटेड, कालिमाटि शाखामा खोलेको चल्ती खाता न. 008000200c मा जम्मा गरेको सक्कल भौचर वा बोलपत्र खोलेको मितिबाट कम्तीमा 180 दिन अवधि भएको वर्गको वाणिज्य बैकबाट जारी भएको विड वण्ड (वैक जमानत पत्र) पेश गर्नु पर्ने छ ।

5.रितपूर्वक पेश नभएको र तोकिएको समय भित्र दर्ता नभएको बोलपत्रलाई मान्यता दिईने छैन । प्राप्त बोलपत्र आंशिक वा पूर्ण स्वीकृत गर्ने वा अस्विकृत गर्ने सम्पूर्ण अधिकार कर्पोरेशनमा निहित रहनेछ ।

6.यस सूचनामा उल्लेख भएका व्यहोरा वाहेक थप अन्य शर्तहरुको हकमा वोलपत्र फाराममा उल्लेख भए बमोजिम हुने छ ।

7.जस्ता पाताको विवरण बोलपत्र फाराममा समावेस गरिएकोछ । अन्य जानकारीको लागि कर्पोरेशनको केन्द्रिय कार्यालय वा अंचल कार्यालय विरगंजमा कार्यालय समयमा सम्पर्क राखी जानकारी लिन सकिनेछ ।

8.सम्पूर्ण जस्ता पाताहरु कर्पोरेशनको विरगंज कार्यालय, विरगंज तथा सतुंगल कार्यालय, काठमाण्डौं बाट उठाउनु पर्ने छ ।

9.विक्रेताले वोलपत्र स्विकृत भएको फर्म वा कम्पनी वाट भुक्तानी वापत नगद वा शर्त रहित प्रतितपत्र प्राप्त भए पश्चात सामान उपलब्ध गराउने डेलिभरी अर्डर जारी गर्ने छ ।

10.जुन फर्म वा कम्पनीको नाममा वोलपत्र खरिद भएको छ, सोही फर्म वा कम्पनीको नाममा मात्र वोलपत्र दाखिला गर्नु पर्नेछ । फरक गरी पेश भएको वोलपत्र स्वतः वदर हुनेछ । वोलपत्र दर्ता गर्ने फर्म कम्पनीका प्रोपाईटर वा संचालक वा अधिकार पाप्त अधिकारीले वोलपत्रको प्रत्येक पानामा सहीछाप गरि पेश गर्नु पर्ने छ । अधिकार प्राप्त अधिकारीको अख्तियारी पत्र पेश नभएको सो अनसारको सहीछाप नभएको वोलपत्र स्वतः वदर हुने छ ।

11.यस वोलपत्र अन्तर्गत हने सम्झौताको नम्वर निम्न वमोजिम हुने छ ।

12.वोलपत्रसम्वन्धि अन्य कुरा बुझनुपरेमा कर्पोरेशनको कालिमाटी, ब्यापार महाशाखामा सम्पर्क गरि बुझन सकिनेछ ।  STC/CGISHEET/2076/077/0005


साल्ट ट्रेडिङ्ग कर्पोरेशन लि

केन्द्रिय कार्यालय, कालिमाटी

काठमाडौं, नेपाल

फोन न.4271208, 4271014

ईमेलः agro@stcnepal.com, trade@stcnepal.com | website:www.stcnepal.com


विरगंज कार्यालय

फोन नं. 051522597 |amoj@stcnepal.com