सुचना सुचना सुचना
नेपाल सरकारकले अनुदानको मल विक्री वितरण कार्यलाई अझ प्रभावकारी तथा समय सापेक्ष बनाउने ध्येयले "अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका 2077" सिवकृत गरी कार्यन्वयनमा ल्याएकोछ । उक्त निर्देशिका अनुसार नियुक्त विक्रेताले मात्र 2077 मसिंर 1 देखि अनुदानको मल विक्री वितरण गर्नृ पाउने व्यवस्था निर्देशिकाको कार्यान्वयनको क्रममा अनुदानको मल विक्री वितरण गर्नको लागि विक्रेता भै काम गर्न ईच्छुक सहकारी संस्था फर्म वा कम्पनीलाई निर्देशिकाको दफा नं 15 अनुरुप विक्रेतामा दर्ता हुन र दफा नं 17 अनुरुप विक्री मूल्यउको प्रावधान पुरा रासायनिक मलको विक्री वितरण कार्यालई निरन्तरता दिन हुन अनुरोध छ ।
यदी कुनै सहकारी संस्था फर्म वा कम्पनीलाई निर्देशिकाको प्रति आवश्यक भएमा कर्पोरेशनको निकटको कार्यलयमा सम्पर्क गरी फोटोकपी गराई लैजान सक्नेछन । साथै कर्पोरेशन संग हालको समयमा आवश्यक रासायनिक मलको मौज्दात रहेको हुनाले निर्दिशिकाको प्रावधान अनुरुप कर्पोरेशनको विक्रेतामा दर्ता भै मल खरिद गरी विधिसम्मत रुपमा किसानहरुलाई विक्री वितरणको कार्य गर्नु गराउन हुन सम्बन्धित सबैको जानकारीको लागि सुचना प्रकिशित गरिएको छ।
© Copyright 2021 Salt Trading Corporation Limited. All Rights Reserved
हालको विषय परिस्थितीमा साल्ट ट्रेडिङ्ग कर्पोरेशन लि. ले आफ्नो दायित्ववोध गर्दै आम सर्वसाधारणलाई
अत्यावश्यक दैनिक उपभोग वस्तु (नुन चिनी लगायत) हरु आफ्नै टोल छिमेकमा प्राप्त होस भन्ने ध्येयले सानो प्रयास शुरु गरेको जानकारी गराउदछौ ।
यस अन्तर्गत डेलिभरी भ्यान मार्फत विभिन्न स्थानमा सामान लगी माइकिङ्गको माध्यमले सर्वसाधारणलाई जानकारी गराइ विक्री वितरण कार्य गरिदै आएको छ ।
कर्पोरेशनको यो प्रयास प्रति आम सर्वसाधारणका तर्फवाट देखाउनु भएको सदभाव तथा सल्लाह सुझावको लागी धन्यवाद ज्ञापन गर्दछौ ।
वितरण कार्य व्यापक बनाउनको लागी सुझावका उच्च मूल्याङ्कन गर्दै हालको विषय परिस्थितीमा उपलव्ध सिमित जनशक्ती तथा सरकारको सामाजिक दुरी कायम गरी
अत्यावश्यक बाहेकको अवस्थामा घर बाहिर ननिस्कने (लक डाउन) नीति समेतलाई ध्यानमा राख्दै अधिकतम प्रयास गरिने प्रतिवद्घता व्यक्त गर्दछौ ।
यसै आधारमा
परिचालित भ्यानबाट सम्बन्धित क्षेत्रमा माइकिङ्ग गरी सामान विक्री वितरणको व्यवस्था मिलाएका छौ । अधिकाँश मानिस घरमै रहने लक डाउनको अवस्थामा सुचनाको लागी यो
विधी पर्याप्त र अनावश्यक भिडभाडबाट बच्नको लागी प्रभावकारी समेत हुन्छ।
”कृपया आ–आफ्नै वासस्थानमा बस्नु होला”
धन्यवाद ।
चैत्र १८, २०७६