Notice > नून, चिनी, रासायनिक मल लगायतका अन्य सामानहरुको रेल्वे क्लियरिङ्ग फरवार्डिङ्ग तथा आन्तरीक ढुव

नून, चिनी, रासायनिक मल लगायतका अन्य सामानहरुको रेल्वे क्लियरिङ्ग फरवार्डिङ्ग तथा आन्तरीक ढुवानी कार्यको लागि सिलबन्दी बोलपत्र आव्हानको पूनः सूचना

(पूनः प्रकाशित मिति 2076।04।10 गते)


यस कर्पोरेशनले आ..076।077 को लागि तल उल्लेखित स्थानमा नून, चिनी, रासायनिक मल लगायत अन्य सामानहरुको कर्पोरेशनले तोकिएको कार्यालय गोदामसम्म रेल्वे क्लियरिङ्ग फरवार्डिङ्ग तथा आन्तरीक ढुवानी कार्य गर्नका लागि मिति 2076।02।20 गतेको गोरखापत्रमा प्रकाशीत सूचना, टेण्डर फारममा उल्लेख भए बमोजिमका शर्तहरु बमोजिम इजाजत प्राप्त ढुवानीकर्ताहरुबाट रितपूर्वक कर्पोरेशनको केन्द्रीय कार्यालय तथा सम्वन्धित अंचल कार्यालयहरुमा 11 दिन भित्र सिलबन्दी बोलपत्र दिनुहुन पूनः सूचना प्रकाशीत गरिएको छ ।

क)रेल्वे किल्यरिङ्ग फोरवार्डिङ्ग तथा ढुवानी स्थान

1. भारतको जोगवनी देखी विराटनगर

2. भारतको रक्सौल देखि बीरगगंज, सिमरा

3. वीरगंज सुख्खा बन्दरगाह देखि बीरगंज, सिमरा, हेटौडा

4. भारतको सितापुर देखी धनगढी

ख)आन्तरिक ढुवानी

1. विराटनगर देखि (सेक्टर) विर्तामोड, राजविराज,लहान र जनकपुर ।

2. धनगढी देखि (सेक्टर) महेन्द्रनगर,डडेलधुरा,दिपायल,बैतडी (पाटन) टिकापुर र वेलौरी

3. भैरहवा देखि नारायणगढ सम्म

4. नेपालगंज देखि सुर्खेत, लमही, टिकापुर,सल्यान र गुलरिया सम्म

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड

केन्द्रिय कार्यालय कालिमाटी काठमाण्डौं

फोन नं. 4271014,4271208