Notice > बढुवाको लागि फाराम भर्ने सम्बन्धी सूचना


केन्द्रीय कार्यालयको

बढुवाको लागि फाराम भर्ने सम्बन्धी सूचना

प्रकाशित मिति २०७५।३।१०

 

साल्ट ट्रेडिङ्ग कर्पोरेशनका केन्द्रीय कार्यालय र अन्तर्गत कार्यालयहरुको स्वीकृत दरबन्दीमा रिक्त रहेका निम्न पदमा कार्य क्षमताको मूल्याङ्कनद्वारा पदपूर्ति गर्नको लागि साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड, कर्मचारी सेवा शर्त विनियमावली, २०६७ को विनियम ७.५ को उपविनियम ७.५.१ बमोजिम न्यूनतम सेवा अवधि तथा न्यूनतम शैक्षिक योग्यता पुगेका सोही विनियमावली को उपविनियम ७.५.२ बमोजिम बढुवाको लागि आवेदन दिने अन्तिम मितिसम्म तोकिएको न्यूनतम सेवा अवधि पुरा गरेको  र सोही विनियमावलीको उपविनियम ७.५.३ बमोजिमको कारवाहीमा नपरेका वा परेको भए पनि उक्त अवधि भुक्तान भएका सम्भाव्य उम्मेदवार कर्मचारीहरुले यो सूचना प्रकाशित भएको मितिले ३५ (पैतीस) दिनभित्र यस कर्पोरेशनको केन्द्रीय कार्यालयबाट उपलब्ध हुने दरखास्त फाराम भरी हालको पदको नियुक्ती पत्र, शैक्षिक योग्यता तथा तालिमका प्रमाणित प्रतिलिपीहरु समेत संलग्न गरी यस कार्यालयको प्रशासन विभागमा दर्ता गराउनु हुन सम्बन्धित सबै कर्मचारीहरुको जानकारीको लागि पदपूर्ति समितिको मिति २०७५ जेष्ठ २१ गतेको निर्णयानुसार यो सूचना प्रकाशित गरिएको छ । सो म्याद भित्र रीतपूर्वकको फाराम भरी दर्ता नगराएमा त्यस्ता कर्मचारीको बढुवा सम्बन्धी कारवाही नहुने र पछि कुनै किसिमको उजुरी नलाग्ने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराईन्छ ।

 

         तपशिल

बिज्ञापन.नं.

पद

तह

पदपूर्ति गर्नु पर्ने संख्या

 

१।०७४।०७५

नायब महाप्रबन्धक

११ औं

2

२।०७४।०७५

सहायक महाप्रबन्धक

१० औ

4

३।०७४।०७५

बिभागिय प्रबन्धक

९ औ

5

४।०७४।०७५

प्रबन्धक

८ औ

7

५।०७४।०७५

सहायक प्रबन्धक

७ औ

9

६।०७४।०७५

अधिकृत

६ औ

5

७।०७४।०७५

प्रमुख सहायक

5 औ

5

८।०७४।०७५

सहायक

4 औ

17