Notice > नून, चिनी, रासायनिक मल लगायतका अन्य सामानहरुको रेल्वे क्लियरिङ्ग फोरवाडिङ्ग तथा आन्तरिक ढुवा

नून, चिनी, रासायनिक मल लगायतका अन्य सामानहरुको रेल्वे क्लियरिङ्ग फोरवाडिङ्ग तथा आन्तरिक ढुवानी कार्यको लागि सिलबन्दी बोलपत्र आव्हानको सूचना

(प्रथम पटक प्रकाशित मिति 2076।02।20 गते)

यस कर्पोरेशनले आ.व.076।077 को लागि आयात गर्ने तल उल्लेखित स्थानहरुमा नून, चिनी, रासायनिक मल लगायत अन्य सामानहरुको भारतको रेल्वे हेडबाट क्लियरिङ्ग फोरवाडिङ्ग गरि कर्पोरेशनले तोकिएको अंचल कार्यालय गोदाम सम्म एवं तल उल्लेखित अञ्चल कार्यालयहरु देखी बिभिन्न कार्यालयहरुमा आन्तरिक ढुवानी कार्य गर्नका लागि प्रचलित कानून बमोजिम इजाजत प्राप्त ढुवानीकर्ताहरुबाट देहाय बमोजिमका शर्तहरुको अधिनहरुमा रही रितपूर्वक कर्पोरेशनको केन्द्रीय कार्यालय तथा सम्वन्धित अंचल कार्यालयहरुमा सिलबन्दी बोलपत्र दिनुहुन सूचना प्रकाशीत गरिएको छ ।

क) रेल्बे क्लियरिङ्ग फोरवाडिङ्ग तथा ढुवानी स्थान

1.भारतको नौतनवा देखी भैरहवा।पक्कलिहवा

2.भारतको जोगवनी देखी विराटनगर

3.भारतको रक्सौल देखि बीरगंज, सिमरा

4.वीरगंज सुख्खा बन्दरगाह देखि बीरगंज, सिमरा, हेटौडा

5.भारतको रोजा देखी नेपालगंज

6.भारतको रोजा देखी धनगढी

7.भारतको सितापुर देखी नेपालगंज

8.भारतको सितापुर देखी धनगढी

ख)आन्तरिक ढुवानी

1)विराटनगर देखि (सेक्टर) विर्तामोड, राजविराज,लहान र जनकपुर ।

2)भैरहवा देखि (सेक्टर) कृष्णनगर,पोखरा,बागलुङ्ग,दाङ्ग,(घोराही),

दाङ्ग(लमही),तुलसीपुर, नारायणागढ,

काठमाण्डौं, काठमाण्डौं(कोटेश्वर),

बनेपा,नुवाकोट,टिकापुर,वेलौरी,सल्यान,गुलरिया

नेपालगंज,सुर्खेत,धनगढी र महेन्द्रनगर ।

3)वीरगंज देखि (सेक्टर) हेटौंडा,जनकपुर,लहान, नारायणगढ,पोखरा,बागलुङ्ग,काठमाण्डौं

काठमाण्डौं (कोटेश्वर), बनेपा,नुवाकोट,मलंगवा र गौर ।

4)नेपालगंज देखि (सेक्टर) सुर्खेत,दाङ्ग(घोराही),तुलसीपुर,लमही, टिकापु,सल्यान र गुलरिया

5)धनगढी देखि (सेक्टर)महेन्द्रनगर,डडेलधुरा,दिपायल,बैतडी(पाटन)टिकापुर र वेलौरी

शर्तहरुः

1.यो सुचना प्रकाशित मितिले 30 औं दिन भित्र आन्तरिक ढुवानी बोलपत्र प्रति फाराम वीरगंज र भैरहवा सेक्टरको लागि रु.6000।- तथा अन्य सेकटरको लागि रु.3000।- (फिर्ता नहुने गरि) एवं रेल्वे क्लियरिङ्ग फोरवाडिङ्ग को प्रत्यक सेक्टरको लागि रु.3000।- (फिर्ता नहुने गरि) तिरी कर्पोरेशनको केन्द्रिय कार्यालय वा सम्बन्धित अञ्चल कार्यालयहरुबाट दिनको 11.00 वजे सम्म खरिद गर्न सक्ने छ । उक्त बोलपत्रहरु सोही दिन दिनको 12.00 वजे सम्म दाखिला गरि सोही दिन दिनको 2.00 वजे खोलिने छ । सो दिन विदा परेमा भोली पल्ट 11.00वजे सम्म खरिद, सोही दिन दिनको 12.00 वजे सम्म दाखिला एवं सोही दिन दिनको 2.00वजे खोलिने छ ।

2.गोरखापत्रमा प्रकाशीत सूचनामा उल्लेख भएका प्रत्येक सेकटरको लागि छुट्टाछुट्टै वोलपत्र दिनु पर्नेछ ।

3.प्राप्त वोलपत्र दाखिला गरेको 30औं दिनको 2.00बजे बोलपत्र दाखिला गरेको कार्यालयमा बोलपत्रवाला वा निजको आधिकारीक प्रतिनिधीहरुको रोहवरमा खोलिने छ । बोलपत्रवाला वा निजको आधिकारीक प्रतिनिधी उपस्थित नभएमा पनि वोलपत्र खोल्ने कार्य रोकिने छैन ।

4.बोलपत्रहरु जुन कार्यालयमा खरिद गरिएको हो, सोही कार्यालयमा दाखिला गर्नुपर्नेछ । एउटा कार्यालयबाट खरिद गरि अन्य कार्यालयमा र एक फर्मबाट खरिद गरेको अर्को फर्मको नाममा दाखिला गरेमा सो बोलपत्रलाई मान्यता दिईने छैन ।

5.बोलपत्र फाराम साथ फर्म वा कम्पनी दर्ता प्रमाणपत्र (नविकरण सहित),आव.2075।075 को करचुक्ता प्रमाणपत्र,मु.अ.कर तथा रेल्वे क्लियरिङ्गको हकमा भारतीय रेल्वे, भारतीय कष्टम तथा नेपाल भंसारमा क्लियरिङ्ग सम्वन्धी काम गरेको अनुभवको प्रमण तथा स्वयं घोषण पत्र अनिवार्य रुपमा पेश गर्नुपर्नेछ ।

6. बोलपत्र फाराम भर्दा प्रति क्वीन्टल ने.रु.दर अंक र अक्षरमा भर्नु पर्नेछ । अंक र अक्षर फरक परेमा अक्षरलाई मान्यता दिईने छ ।

7.रित पूर्वक पेश नभएका बोलपत्रलाई मान्यता दिईने छैन ।

8.प्राप्त बोलपत्र आंशिक वा पूर्ण स्वीकृत गर्ने वा अस्वीकृत गर्ने सम्पुर्ण अधिकार यस कर्पोरेशनमा निहित रहनेछ ।

9.बोलपत्र सम्बन्धी धरौटी,जमानत लगायत अन्य शर्तहरु बोलपत्र ट्ठाराममा उल्लेख भए बमोजिम हुनेछ ।

10.अन्य जानकारीको लागि कार्यालय समयमा केन्द्रीय कार्यालय तथा सम्बन्धीत कार्यालयमा सम्पर्क राखि जानकारी लिन सकिनेछ ।

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड

केन्द्रिय कार्यालय कालिमाटी काठमाण्डौं ।

फोन न.4271014,4271208

फ्याक्स न. 01-4271704